News

Feb 3, 2011

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीमा समर्थन गर्ने तयारी गरेपछि झण्डै एक सय सभासदहरुले निर्बाचन बहिस्कारको तयारी गरेका छन् । निर्बाचन बहिस्कारको तयारी गर्ने सभासदहरुमा उपाध्यक्षद्वय मोहन वैद्य 'किरण' र डा. बाबुराम भट्टराई निकटका छन् । एक नेताका अनुसार एमाले अध्यक्ष खनाललाई मतदान गर्न पार्टीले ह्वीप जारी गरे त्यसलाई तोडेर सभासदहरुले निर्बाचन बहिस्कार गर्नेछन् । प्रधानमन्त्री निर्बाचनमा आफूले जित्ने सम्भावना कम भएपछि माओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष खनाललाई समर्थन गर्ने मनस्थिति बनाएको स्रोतले जनाएको छ । आफूले चुनाव जित्ने भन्दै पार्टीमा निर्णय गराउने तर पछि अरुलाई समर्थन गर्ने तयारी गरेको भन्दै कतिपय सभासदरु असन्तुष्ट भएका छन् ।



No comments: