लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभामा प्रतिनिधित्व गर्ने दलले भोली हुने प्रधानमन्त्री निर्बाचनमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा मतदान गर्ने भएका छन् । बुधबार विहान सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादीसँगको छलफलमा संविधानसभामा प्रतिनिधित्व गर्ने ६ दलले माओवादी अध्यक्ष प्रचण्डलाई मतदान गर्न सहमत भएका हुन् । छलफलमा नेपाः राष्ट्रिय पार्टी, माले समाजवादी, नेपाल सदभावना पार्टी आनन्दीदेवी, नेपाली जनता दल, नेकपा एकीकृत र राष्ट्रिय जनमुक्ति पार्टीका नेताहरु सहभागि रहेका थिए । छलफलपछि माले समाजवादी संसदीय दलका नेता यदुवंश झाले संचारकर्मीसँग कुरा गर्दै भोली हुने प्रधानमन्त्री निर्बाचनमा माओवादी अध्यक्ष प्रचण्डलाई मतदान गर्न साना दल सहमत भएको जानकारी दिनुभयो । उहाँले शान्ति र संविधानको अपुरो कामलाई निष्कर्षमा पुर्याउन माओवादी नेतृत्वको सरकार आवश्यक रहेकोले उक्त निर्णय गरेको बताउनुभयो ।
No comments:
Post a Comment