News

Feb 2, 2011

प्रधानमन्त्रीमा प्रचण्ड, पौडेल, खनाल र गच्छदार प्रतिस्पर्धा आज

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुलुकको नयाँ प्रधानमन्त्रीको लागी विहीबार अपराहृन एक बजे बस्ने व्यवस्थापिका संसद बैठकमा निर्वाचन हुँदैछ । प्रधानमन्त्री पदका लागि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, नेपाली कांग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेल, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारबिच पर्तिस्पर्धा हुने भएको छ । संसद सचिवालयमा बुधबार दर्ता गरिएको प्रचण्डको मनोनयन अनुसार उपाध्यक्ष डा. बाबुराम भट्टराई प्रस्तावक र अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश समर्थक रहनु भएको छ । यसैगरी कांग्रेस नेता पौडेलको प्रस्तावकमा प्रकाशमान सिँह र समर्थकमा रामकृष्ण यादव हुनुहुन्छ । यस्तै खनालको प्रस्तावकमा प्रमुख सचेतक भिम आचार्य र समर्थकमा नेता रामचन्द्र झा हुनुहुन्छ । यसैगरी गच्छदारको प्रस्तावकमा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण र समर्थकमा तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनल रहनु भएको छ ।उम्मेदवार दर्तापछि चारै जना उम्मेदवारले आफु विजयी हुने दावी गरेका छन् । यद्यपी अहिलेसम्म कुनै पनि उम्मेदवारको पक्षमा प्रधानमन्त्रीमा निर्वाचित हुनका लागि आवश्यक ३ सय १ सभासदको समर्थन देखिएको छैन । २३९ सभासद रहेको माओवादीका उम्मेदवारलाई साना सात दलको समर्थन छ भने कांग्रेसको ११४ सभासद छ । यसैगरी एमालेको १०७ सभासद छ ।८१ सभासद रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका उम्मेदवार गच्छदारलाई साना १७ दलले समर्थन गर्ने आश्वासन दिएका छन् । साना दलहरुको समर्थन पाएको अवस्थामा गच्छदारले १ सय ४२ मत पाउने मोर्चाको भनाई छ । यस्तो अवस्थामा बिहीबारकै निर्वाचनबाट प्रधानमन्त्री चयन हुने सम्भावना निकै कम छ ।

No comments: