लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सहमतिको सरकारको अडानमा लामो समयदेखि कायम रहेको नेकपा एमालेले भोलीबाट सुरु हुने प्रधानमन्त्रीको बहुमतीय प्रणाली अन्र्तगतको निर्वाचनका लागि अध्यक्ष झलनाथ खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले भोलीबाट संसदमा हुने प्रधानमन्त्री निर्वाचनमा खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । खनालले उम्मेदवारी दिने विषयमा नेता केपी ओलीले बैठकमा प्रस्तावको रुपमा राखेका थिए भने प्रधानमन्त्री तथा बरिष्ठ नेता माधवकुमार नेपालले समर्थन गरेका थिए । बैठकले उम्मेदवारी दिनु अघि पनि सहमतिका लागि अधिकतम प्रयास गर्ने निर्णय गरेको छ । सहमति नभए अध्यक्षले उम्मेदवारी दिने र त्यसपछि मतदान नहुँदासम्म पनि अन्य दलसँग सहमति खोज्ने प्रयासलाई जारी राख्ने निर्णय बैठकले गरेको छ । सहमतिका लागि अझै पनि अन्य दलसँगको वार्ता जारी राख्ने र त्यसका लागि सबै नेताले पहल गर्ने निर्णय पनि भएको छ ।बैठकको सुरुमै अध्यक्ष खनालले सहमतिका लागि यसअघि भएको प्रयास सफल हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्री निर्वाचनमा पार्टीले उम्मेदवारी दिनुपर्ने धारण राखेका थिए । खनालले भनाई राखे लगत्तै नेता केपी ओलीले बोल्दै पार्टीमा विगतमा जे समस्या भए पनि मुलुकको समस्या समाधान एमालेले मात्र गर्न सक्ने भएकाले अध्यक्षले उम्मेदवारी दिनुपर्ने प्रस्ताव राखेका पछि बरिष्ठ नेता माधव नेपालले समर्थन गरेका थिए । यसअघिको निर्वाचनमा पनि उमेदवारी दिएका अध्यक्ष झलनाथ खनालले दुई तिहाई बहुमत आफ्नो पक्षमा नपुगेपछि पहिलो चरणबाटै उमेदवारी फिर्ता लिएका थिए ।
No comments:
Post a Comment