News

Feb 1, 2011

तस्करसित खुल्लमखुला पैसा उठाउँछ प्रहरी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बारा, १७ माघ,सशस्त्र प्रहरीले जिल्लाका विभिन्न स्थानमा चेकजाँचको नाममा अवैध रकम असुली गर्ने गरेको छ । राजस्व छलेर सामान ल्याउने तथा अवैध वस्तु तस्करी गर्नेलाई पक्राउ गर्नुको साट्टो उल्टै रकम असुल्ने गरिएको हो । सरकारले राजस्व चुहावट नियन्त्रणका लागि भन्सारलगायत स्थानमा चेकजाँचको अधिकार सशस्त्र प्रहरीलाई दिएको छ । वीरगन्ज क्षेत्रबाट राजधानीलगायत देशका विभिन्न स्थानमा जाने थुप्रै भारतीय सामान राजस्व नतिरी भित्रिएका हुन्छन् । त्यस्ता सामान बरामद गर्नुको साटो सशस्त्र प्रहरीले रकम लिएर छाडिदिने गरेका छन् । विशेषगरी भारतबाट अवैध रूपले नेपाल भित्रिने कपडा, रासायनिक मल, जिरा, केराउ-गेडागुडीजस्ता वस्तुहरू लोड गरी देशका विभिन्न भागमा ढुवानी गर्नेक्रममा सशस्त्र प्रहरीले व्यस्त सडकमै रोकी रकम लिएको पाइन्छ । त्यसो त नेपालभित्रै अवैध रूपले ओसारपसार हुने जडिबुटी, उत्तिस, खयर तथा गाईगोरुको कारोबार गर्नेसँग समेत सशस्त्रले रकम लिने गरेको एक कारोबारीले बताए ।

No comments: