News

Feb 2, 2011

बेलायती प्रधानमन्त्रीको भ्रमण गराउने प्रयास

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेलायतको लन्डनस्थित नेपाली दूतावासले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको नेपाल भ्रमणका लागि प्रयास भइरहेको जनाएको छ । सन् २०१० भित्र दूतावासले गरेका गतिविधिको जानकारी दिन हालै आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।'नेपाल र बेलायतबीच सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै कुनै पनि बेलायती प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छैनन्,' दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ 'यसका लागि दूतावासले प्रयास गरिरहेको छ र यसलाई प्राथमिकतामा राखिएको छ ।' केही समयअघि राजदूत डा. सुरेशचन्द्र चालिसेसँगको भेटमा बेलायती प्रधानमन्त्रीका सचिवले नेपाल भ्रमण गर्न प्रधानमन्त्री सकारात्मक रहेको बताएका थिए ।पत्रकार सम्मेलनमा राजदूत डा. चालिसेले बेलायती सेनामा कार्यरत गोर्खा र तीनका परिवारबारे बेलायतले खासै ध्यान नदिएको बताए । नेपाल र बेलायतबीचका द्विपक्षीय संयन्त्रहरू क्रियाशील गराई पर्यटन, व्यापार र द्विपक्षीय मामिलामा काम गरिने राजदूत चालिसेले जानकारी दिए । दूतावासको संस्थागत विकासका लागि कर्मचारीहरू बढाउनु, सूचना प्रविधियुक्त बनाउन र बाहिरी सजावट राम्रो बनाउनु आवश्यक रहेको उनले बताए ।

No comments: