News

Oct 5, 2010

लिम्बुवानको तेस्रो विस्तारित बैठक विजयपुर धरानमा हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ
असोज १९, धरान, विजयपुर नेपालमा स्वायत्तता र लिम्बुवान स्वायत्तताको आन्दोलनलाई सशक्तताका साथ उठाउँदै आइरहेको एक सङ्गठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको तेस्रो विस्तारित बैठक विजयपुर धरान सुनसरीको हरियालनी भवनमा यही असोज १७ बाट २० गतेसम्मका लागि सम्पन्न भइरहेको छ ।संघीयता, स्वायत्तता र धर्मरिपेक्षतासहितको संघीय लोकतान्त्रिक गणतन्त्रको नेपालको संविधान निर्माण गरी जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान, खम्बुवान, तामाङसालीङ, नेवाः, मगरात, तमुवान, थरुहट, मैथिल र खसानलागयतका स्वायत्त राज्यहरुको संवैधानिक सुनिश्चितता हुनुपर्ने मागका साथ सशक्त आन्दोलन गर्दै आएको मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले आफ्ना मागहरुप्रति राज्य र सत्तामा रहेका दलहरु उदासीन भई संविधान नै जारी नगर्ने षडयन्त्रतर्फ लागेको भन्दै लिम्बुवानमा निर्णायक र वलिदानी पूर्ण आन्दोलनको घोषणा गर्न यो विस्तारि बैठकको आयोजना गरिएको हो । सो कुरा मञ्च तथा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन 'मिराक'ले १८ गते मङ्गलबार बैठकको उद्घाटन गर्नेक्रममा बताएका हुन् । लिम्बुवानको नौवटै जिल्ला झापा, मोरङ, इलाम, पान्थर, ताप्लिजोङ, सङ्खवासभा, तेह्रथुम, धनकुटा र सुनसरीका सबै जिल्ला प्रतिनिधि केन्द्रीय सदस्यहरु भातृसङ्गठनका प्रतिनिधि र धिमाल लेप्चा याम्फू आठपहरियालगायतका स्वायत्त परिषदका प्रतिनिधिहरु करिब ५०० जनाको हाराहारीमा प्रतिनिधी तथा पर्यवक्षकहरुको उपस्थिति रहेको छ । विस्तारित बैठकको सुरुमै लिम्बुवानको केन्द्रीय सचिवलायको बैठक बसी लिम्बुवानको आन्दोलनको समीक्षा राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कन र आगामी परिस्थितिको सम्भावित घट्नाक्रमहरुको विश्लेषण गरेर अब लिम्बुवानको आन्दोलनलाई अन्य स्वायत्त राज्यहरुसँगै अझ थप गति दिनुपर्ने र यस्तै अन्यौलको परिरिस्थिति रहिरहेर संविधान नै नबनाउने खेलमा प्रमुख दलहरु लागेमा लिम्बुवानले अन्य सङ्गठनहरुसँगै आफ्नो संविधान जारी गरेर लिम्बुवान सरकार गठन गरेर विद्रोह गर्नेसम्मको कार्ययोजना तयारी गरिरहेको छ । बैठकमा प्रस्तुत भइरहेको सबै प्रतिवेदन र सुझावहरुको मुल आसय अनुसार लिम्बुवानको आन्दोलनलाई गैरलिम्बू सबै जाति तथा गाउँगाउँमा पुर्याउने विशेष रणनीति तथा योजनाहरुको तय भइरहेको छ । साथै, लिम्बुवानमा व्यापक प्रशिक्षण अभियान र सबै थुम तथा स्वायत्त परिषदहरुमा आमसभाहरु आयोजन गर्नेबारे छलफल गरिरहेको छ । यसैगरी लिम्बुवानको आन्दोलनलाई निर्णायक मोडमा पुर्याउने विशेष आर्थिक कार्यक्रमसमेत तय गरिरहेको छ । यसरी नै लिम्बुवानमा एकैदिन हरेक किसिमका एकात्मकता षडयन्त्रको विरुद्धमा हजारौं कालो झण्डा उठाउँने र लिम्बुवानका सम्पूर्ण मागहरु पूरा नगरेसम्म वर्षौंवर्षसम्को लागि भएपनि प्रत्येक महिनाको निश्चित मितिमा स्वतः लिम्बुवान बन्द गर्ने वा रहेने आन्दोलनको कार्यक्रमसमेत तय गरिरहेको छ । त्यस्तै लिम्बुवानको प्रत्येक जिल्ला गाउँ क्षेत्र र स्वायत्त परिषदहरुमा आगामी लिम्बुवान राज्यको प्राप्ति र विकासबारे विभिन्न चरण्मा सबै जाति पार्टी र पक्षसहितको गोलमेच सम्मेलनहरु सञ्चालन गर्ने बारे पनि छलफल गरिरहेको छ । यसरी नै लिम्बुवानका सबै भातृसङ्गठनहरुलाई थप सशक्त र सक्रिय बनाउने तथा सङ्गठन विस्तारमा तीव्रता ल्याउने बारेमा समेत योजनाहरु तय भइरहेको छ । साथै, लिम्बुवानमा यो एकत्मक शैलीको मतदात सङ्कलन गराउने कार्यमा सबै एकात्मकवादीहरु एकोहोरो संघीयताको विरुद्धमा लागेको भन्दै सो मतदाता नामावली सङ्कल गर्ने कार्यलाई पूर्ण रुपमा रोक्नेसमेत निर्णय लिने भएको छ । लिम्बुवानको आन्दोलन थप सशक्त र निर्णायक बनाउन उद्देश्य मिल्ने अन्य सङ्गठनसँग एकता कार्यगत एकता र मोर्चावन्दी गर्ने निर्णय समेत गर्ने बुझिएको छ । यस विस्तारित बैठकले गरेका सम्पूर्ण निर्णयहरु भोलि असोज २० गते शहीद राजकुमार आङ्देम्बे 'माङ्तोक'को तेस्रो वार्षिकी स्मृतिसभासँगै एक पत्रकार सम्मेलन धरानमा गरेर सम्पूर्ण निर्णयहरु सार्वजनिक गर्ने कार्यक्रमसमेत रहेको छ । लिम्बुवान भोल्युण्टियस्रको विशेष प्रदर्शनीसमेत रहने यस कार्यक्रममा मञ्चका सभासद, खम्बुवान र तामाङसालीङका नेता तथा लिम्बुवानका अन्य वरिष्ठ नेता तथा बुछिजिवीहरुको समेत उपस्थिति रहने जनाइएको छ ।

No comments: