News

Oct 5, 2010

अनेरास्ववियुको सम्मेलनमा नयाँ नेतृत्वका लागि मतदान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको सम्मेलनमा नयाँ नेतृत्वका लागि अहिले मतदान चलिरहेको छ । विवाद र झडपका बीच गएराती मनोनयन दर्ता सकिएपछि मतदान प्रक्रिया शुरु भएको हो ।मतदान विहानै हुने भनिएपनि मतदानको प्राविधिक पक्ष मिलाउन ढिलाई भएकाले मतदान ढिलो भएको हो । नयाँ नेतृत्वका लागि दुई प्यानलमा उम्मेद्वारी दर्ता भएको छ । पार्टीगत रुपमै अध्यक्ष पदका लागि झलनाथ खनाल पक्षबाट सोभियत ढकाल र केपी शर्मा ओली पक्षबाट माधव ढुङ्गेलले उम्मेद्वारी दिनुभएको छ ।बन्दसत्रभित्र प्रहरीलाई रोक लगाइएको भएपनि झडपपछि बन्दसत्रमा नै प्रहरी परिचालन गरिएको छ । चुनावबाट २ सय १ सदस्यीय केन्द्रीय कमिटी गठन हुने छ । मतदान सकिएपछि मतगणना काठमाडौंमा गर्ने भनिएकोमा प्रतिनिधिहरुले विरोध जनाएका छन् ।

No comments: