News

Oct 6, 2010

सेलिना मोक्तान पहिलो मिस ग्लोबल २०१० चुनिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इएस क्रियसनद्धारा सोमबार राजधानीमा आयोजित मिस ग्लोबल २०१० मा काठमाडौंको वानेश्वरकी सेलिना मोक्तान पहिलो मिस ग्लोबल २०१० चुनिएकी छिन्।उनले उपाधि जितेवापत अन्ना लिफान स्कुटरका साथमा २० हजार रुपियाँ तथा स्कलरसिप प्राप्त गरेकी छिन्। उनले मिस ग्लोबल २०१० भएवापत चिनमा हुने मिस ग्लोबल क्वीन इन्टरनेशनलमा नेपालका तर्फबाट स्पर्धा गर्ने अवसरसमेत पाउने छिन्। ग्रुप अफ इभेन्ट इन्टरट्रेनरले मिस ग्लोबललाई सो अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागी गराउन पहल गरेको हो। जमलस्थित राष्ट्रिय नाचघरमा भव्यताका साथ सम्पन्न मिस ग्लोबल २०१० सौन्दर्य प्रतियोगितामा नवलपरासीकी रुश्मा पोखरेल फस्ट रनरअप र बानेश्वरकी बिक्कि गड्तौला सेकेण्ड रनरअप छानिए। प्रतियोगिताको फस्टरनरअपले ल्यापटपका साथमा १५ हजार रुपियाँ र स्कलरसीप तथा सेकेण्ड रनरअपले डेस्कटप कम्प्युटरका साथमा १० हजार रुपियाँ र स्कलरसीप प्राप्त गरेका छन्।

No comments: