लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन २० - एक्ला उम्मेदवार कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल दशौं चरणको प्रधानमन्त्री निर्वाचनमा पराजित भएका छन् । बुधबार भएको निर्वाचनमा पौडेलले १०९ मत ल्याए । निर्वाचनमा पौडेलको विपक्षमा मात्र १ मत परेको थियो भने ४६ सभासद् तटस्थ बसे । निर्वाचनमा १ सय ५६ सभासद् उपस्थित थिए । बुधबार पनि माओवादी र एमालेले निर्वाचन बहिष्कार गरेका छन् । प्रधानमन्त्रीको अर्को निर्वाचन बिहीबार दिउँसो ३ बजे हुने छ । सातौं चरणको निर्वाचनमा पनि परिणाम निस्कन नसकेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी फिर्ता लिएका थिए । आठौं चरणको निर्वाचनयता पौडेल एक्लै मैदानमा छन् । संसद् नियमावलीअनुसार निर्वाचन प्रक्रियामा गइसकेपछि एक जना मात्र उम्मेदवार रहे पनि ऊ निर्वाचित हुन सक्दैन । उम्मेदवारले संसदमा तत्काल कायम रहेको कुल सदस्य संख्याको बहुमत ल्याउनु पर्दछ । संसदमा माओवादी र एमालेको सिट संख्या बहुमत अर्थात् ३ सय ४५ रहेकाले सहमति हुन नसकेसम्म पौडेल निर्वाचित हुन सक्ने सम्भावना छैन ।
No comments:
Post a Comment