लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन १५ - यसपालि दसैंमा नयाँ नोट नदिने जनाए पनि राष्ट्र बैंकले यसको वितरण गरिरहेको छ ।
बैंकले थापाथलीस्थित कार्यालयबाट दस रुपैयाँको पोलिमार र ५ रुपैयाँको नोट वितरण गरिरहेको हो । नयाँ नोट साट्न जानेले दस रुपैयाँको पोलिमारको एक बिटो -सय थान) र पाँच रुपैयाँको दुई मुठा साट्न पाउने व्यवस्था छ ।
२०, २५, ५० को पुरानो र सयको नयाँ नोट भने मागेअनुसार दिइएको राष्ट्र बैंकले जनाएको छ । नयाँ नोट वितरण नहुने सूचना आएपछि सर्वसाधारणको चाप कम रहेको एक सुरक्षाकर्मीले बताए । 'दोहोरो लाइन बाहिरसम्म हुन्थ्यो,' उनले भने, 'अहिले सानो लाइन छ, एक घन्टामै पालो आउँछ ।' सेना र प्रहरीका लागि छुट्टै काउन्टरको व्यवस्था छ । बिहान साढे १० बजेदेखि नोट वितरण सुरु हुन्छ । सर्वसाधारणलाई २ बजेसम्म भित्र छिर्ने व्यवस्था मिलाइएको छ ।

No comments:
Post a Comment