लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४ असोज,संसद्को सार्वजनिक लेखा समितिका सदस्यले नेपाल वायुसेवा निगमको एयरबस जहाज खरिद प्रक्रियालाई निरन्तरता दिनुपर्ने बताएका छन् । समितिको बिहीबार बसेको बैठकमा सदस्यले बैना रकम सम्बन्धमा पछि छलफल गर्ने गरी जहाज खरिद प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका हुन् ।बैठकमा एमाले सभासद् रवीन्द्र अधिकारीले संविधान पनि नबनाउने र जहाज खरिद गर्न पनि नदिने भन्दै पर्यटन व्यवसायीबाट दबाब आउन थालेको बताए । माओवादी सभासद् पोष्टबहादुर बोगटीले जहाज खरिद सम्बन्धमा अर्थ र पर्यटन मन्त्रालयका अधिकारीलाई बोलाएर छलफल गरी नयाँ निर्णय गर्नुपर्ने बताए ।
तराई मधेस लोकतान्त्रिक पार्टीका हृदयेश त्रिपाठीले लेखा समिति जहाज खरिद गर्नुहुँदैन भन्ने पक्षमा नरहेको स्पष्ट पार्दै कार्यकारी निर्णय गर्ने अधिकार भने सरकारमा रहेको बताए । 'ऋणको दायित्व अर्थ मन्त्रालयको भएकाले उसको निर्णय महत्त्वपूर्ण हुन्छ,' त्रिपाठीले भने । अर्थलाई आश्वस्त पार्न सके जहाज खरिदमा लेखा समितिले नरोक्ने उनको भनाइ थियो ।

No comments:
Post a Comment