लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्युयोर्क, १५ असोज : अमेरिकाको भर्जिनियामा अध्ययनरत एक नेपाली विद्यार्थीलाई प्रहरीले पक्राउ गरी जेल हालेको छ । भर्जिनियाको मेरीमाउन्ट विश्वविद्यालयमा अध्ययनरत सन्जोग मिश्रलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई कुन अभियोगमा पक्राउ गरिएको हो भन्ने खुलेको छैन । उनलाई भर्जिनियाकै फेयरफ्याक्स काउन्टी एडल्ट डिटेन्सन सेन्टर नामको जेलमा राखिएको छ । अमेरिकी प्रहरीले १५ दिनअगाडि १६ सेप्टेम्बरमा पक्राउ गरे पनि उनको बारेमा भने बिहीबार मात्र थाहा भएको हो । एक नेपाली विद्यार्थीले दूतावासमा फोन गरेर सन्जोग मिश्रलाई प्रहरीले पक्राउ गरेको खबर दिएपछि मात्र दूतावासले थाहा पाएको हो । उनलाई पक्राउ गरेकोबारे नेपाली समुदाय र अमेरिकामा रहेको नेपाली दूतावास बेखबर हुँदा उनलाई सहयोग गर्ने व्यक्ति पनि कोही नभएको दूतावासले जानकारी दिएको छ ।
थाहा पाएलगत्तै दूतावासका कर्मचारीले मिश्रका बारेमा बुझ्ने प्रयास गरिरहेका छन् । तर, पर्याप्त जानकारी भने कतैबाट पनि प्राप्त भएको छैन । वासिङ्टन डिसीमा रहेको नेपाली दूतावासका प्रथम सचिव आनन्दप्रसाद शर्माले भने, 'मिश्रलाई पक्राउ गरेर डिटेन्सन सेन्टरमा थुनेर राखेको थाहा पाउनासाथ उनको बारेमा थप जानकारी लिन प्रयासरत छौँ ।' नेपालमा रहेका मिश्रका घरपरिवारलाई सम्पर्कमा आउन पनि दूतावासले आग्रह गरेको छ । भर्जिनियाकै रेष्टुरेन्टमा पार्टटाइम काम गर्दै विश्वविद्यालयमा पढ्दै आएका मिश्रलाई प्रहरीले रेष्टुरेन्टबाटै पक्राउ गरेको हो । मिश्रलाई कुन अभियोगमा पक्राउ गरिएको हो भन्ने अझै खुल्न सकेको छैन । तर, प्रहरीले उनलाई काम गर्ने रेष्टुरेन्टबाटै पक्राउ गरी हत्कडीसहित लगेकाले उनीमाथि ठूलै अपराध अभियोग लगाइएको हुनसक्ने दूतावासको अनुमान छ ।

No comments:
Post a Comment