लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हेटौँडा, असोज १६ - प्रधानमन्त्री माधवकुमार नेपालले जनताको काम निष्पक्ष तथा छिटोछरितोरूपमा सम्पन्न गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन्। सरकारी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिँदै उनले मुलुक नयाँ युगमा प्रवेश गरेकाले कर्मचारीहरूले पुरानै शैली छाड्नुपर्ने बताए। साथै प्रधानमन्त्री नेपालले कर्मचारी भनेका स्थायी सरकार भएकाले सरकार गठन, पुनर्गठन र विघटनप्रति चासो नदिई इमानदारीका साथ आफ्नो कर्तव्य पालना गर्न कर्मचारीहरूलाई निर्देशन दिए। कसैको दबाब र लोभमा नपरी निडर भएर काम गर्न निर्देशन दिँदै प्रधानमन्त्री नेपालले जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति दिनेतर्फ सधैँ राज्यका निकाय सजग हुनुपर्नेमा जोड दिए।जनताले सरकारी कार्यालयहरूमा भ्रष्टाचार बढेको गुनासो गर्न थालेको उल्लेख गर्दै उनले त्यस्ता गतिविधि हुन नदिन गम्भीर भई काम गर्न आग्रह गरे। प्रधानमन्त्री नेपालले भ्रष्टाचारीलाई कारबाही गरेरै छाड्ने दृढता पनि व्यक्त गरे। क्षेत्रीय प्रशासन कार्यालयमा भएको उक्त कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराई र क्षेत्रीय प्रशासक रुद्रकुमार श्रेष्ठले मध्यक्षेत्रको शान्तिसुरक्षाको अवस्थालगायत विकास निर्माणका कामबारे प्रधानमन्त्रीलाई जानकारी दिएका थिए।
No comments:
Post a Comment