News

Sep 8, 2011

कुवेतमा नेपाली कामदारको संख्या साढे ४७ हजार पुगेको छ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैदेशिक रोजगारको एक गन्तब्य मुलक खाडी राष्ट्रको कुवेतमा नेपाली कामदारको संख्या साढे ४७ हजार पुगेको त्यहाँको सरकारी तथ्याङ्कले देखाएको छ। कुवेतको अध्यागमन विभागले आफ्नो परराष्ट्र मन्त्रालय मार्फत नेपाली दुतावासलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार अगष्ट ९ (साउन २४) सम्म नेपालीको संख्या ४७ हजार ५ सय १३ छ। कुवेतस्थित नेपाली दुतावासद्धारा वुधवार जारी विज्ञप्ती अनुसार यो तथ्याङ्कमा पछिल्लो समय काम गर्न आएका करीव ३ हजार ५ सय कामदार, कामबाट भागेर भिसा रद्ध भएका तथा वैधानिक र अवैधानिक तबरबाट कुवेत भित्रिएका कामदारको संख्या समावेश छैन्। 'केही महिना यता आएका करीब ३ हजार ५ सय भिसा नं १८ का कामदार, करीव ७ हजार काम छाडेर भागेका कामदार ( लुकिछिपी काम गरेका वा इराक पसेका), अबैध कामदार, दुतावासको आश्रयस्थलमा बसेका र नेपालबाट संगठित क्षेत्रको श्रम स्वीकृति लिएर फाईल विक्रीको माध्यमबाट मानवतस्करद्धारा ल्याएका पुरुष कामदार यसमा समावेश छैन' दुतावासले भनेको छ।
वैधानिक र अवैधानिक तबरबाट आएका र बसेका गरी नेपालीको संख्या लगभग कुवेतमा ६० हजार पुगेको दुतावासले अनुमान गरेको छ। दुतावासको विमा तथ्याङ्कमा भने नेपाली कामदारको संख्या करीव १२ हजार मात्र देखिएको छ। कुवेतमा ३३ हजार घरेलु नेपाली महिला कामदार रहेको जनाउँदै दुतावासले दुई तिहाई महिला वीना श्रम स्विकृति तेस्रो बाटोबाट कुवेत भित्रिएका छन्। मानव वेचविखन र तस्करीमा संलग्न दलालहरुको संयन्त्र नेपालदेखि कुवेतसम्म सक्रृय छ भन्दै दुतावासले २५ प्रतिशत अदक्ष कामदारले नक्कली र फोटो परिबर्तन गरेका पासपोर्ट बोकेर आएको जनाएको छ। 'केही खाडी मुलुकको तुलनामा कुवेत सानो देश र कामदारको अनुमानित संख्या सानो भए पनि श्रमिक समस्याका दृष्टिले कुवेत संभवतः दोस्रो देश हो' दुतावासले भनेको छ। खाडीमा सबै भन्दा बढी नेपाली कामदार साउदी अरबमा करीव साढे ४ लाख, दोस्रोमा कतारमा सबा ३ लाख र तेस्रोमा संयुक्त अरब इमिरेष्ट्समा करीव डेड लाख छन्। मध्यपुर्वका देशहरुमा नेपाली कामदारको संख्या १२ लाख नाघेको अनुमान छ।

No comments: