News

Sep 5, 2011

शुल्क वृद्विको विरोधमा अनिश्चितकालीन तालाबन्दी गर्ने घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १९ - पूर्वाञ्चल विश्वविद्यालयसम्बद्ध इन्जिनियरिङ क्याम्पसहरुले मापदण्ड विपरीत अनियमित तरिकाले शुल्कवृद्वि गरेको भन्दै अनेरास्ववियुले अनिश्चितकालीन तालाबन्दी गर्ने घोषणा गरेको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आज आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी इन्जिनियरिङ पढाइ हुने पूर्वाञ्चल विश्वविद्यालयमा अनियमित ढङ्गले ५० हजारदेखि एक लाखसम्म शुल्क वृद्वि गरेको भन्दै यही भदौ २१ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गर्ने जनाएको छ। विश्वविद्यालयले अनिमित तरिकाले प्रवेश परीक्षा लिएकोमा रद्द गरी पुनःपरीक्षा गर्नुपर्ने, मापदण्डविपरीत निर्धारण गरेको शुल्क वृद्वि तत्काल खारेज गरी शुल्क निर्धारण आयोगमार्फत शुल्क निर्धारण गर्नुपर्ने, छात्रवृत्तिका सम्बन्धमा अनेरास्ववियु र पूर्वाञ्चल विश्वविद्यालयबीच भएको सहमतिको पूर्ण कार्यान्वयन गर्नुपर्ने माग गरेको छ। सो विश्वविद्यालयमा प्रवेश परीक्षामा नक्कली परीक्षार्थीलाई सामेल गराई परीक्षा दिन लगाउने, राजनीतिक दलका भ्रातृसङ्गठनलाई परीक्षामा गार्ड राखी प्रवेशपत्र परीक्षण गर्नेजस्ता काम गरेको भन्दै अनेरास्ववियुले विरोध गरेको छ। अनेरास्ववियुका अध्यक्ष माधव ढुङ्गेलले शिक्षाजस्तो सम्बेदनशील क्षेत्रमा नक्कली विद्यार्थीलाई परीक्षामा सामेल गराउनेजस्ता काम गरेर पूर्वाञ्चल विश्वविद्यालयलाई शैक्षिक थलोभन्दा पनि भष्टाचार गर्ने अखडा बनाएको आरोप लगाए।

No comments: