लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र २२ - भारतीय राजदूत जयन्तप्रसादले आफ्नो मुलुक भ्रमण निम्तो दिएको भोलिपल्ट चीनले पनि प्रधानमन्त्री बाबुराम भट्टराईलाई भ्रमण निम्तो दिएको छ । प्रधानमन्त्री भट्टराईलाई बिहीबार सिंहदरवारमा भेट गर्दै चिनियाँ राजदूत याङ होउलानले समय मिलाएर भ्रमण गर्न निम्तो दिएका हुन् । 'प्रधानमन्त्रीले समय मिलाएर चीन भ्रमणमा निस्कने जवाफ दिनुभयो,' प्रधानमन्त्रीका स्वीकय सचिव विश्वदीप पाण्डेले जानकारी दिए । भेटमा शान्ति प्रक्रिया, संविधान निर्माणलगायतमा छलफल भएको पाण्डेले बताए । राजदूत होउलानले भट्टराईप्रति जनअपेक्षा बढि रहेको उल्लेख गर्दै शान्ति र संविधानको कार्यभार पूरा गर्न शुभकामना दिएका थिए । उनले शान्ति प्रक्रियामा आवश्यक जुनसुकै सहयोग गर्न चीन तयार रहेको दोहोर्याए । आधा घण्टा भएको भेटमा प्रधानमन्त्री भट्टराईले दुवै छिमेकी मुलुक (चीन र भारत)सँग नेपालले सन्तुलित भूमिका खेल्ने बताए ।
No comments:
Post a Comment