News

Sep 9, 2011

निगमलाई हङकङमा उडान रोक्ने संकेत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र २३ - हङकङ नागरिक उड्डयनले नेपाल वायु सेवा निगमको जहाज अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डअनुसार नभएको भन्दै उडान रोक्ने संकेत दिएको छ । बिहीबार हङकङको 'हेल्थ इन्स्पेक्टर' टोलीले जहाज चेक गर्दा सुरक्षा मात्र नभई स्वास्थ्यसूँग सम्बन्धित विषयमा ध्यान नदिइएको भन्दै हङकङ उडान गर्न दिने/ नदिनेबारे रिपोर्ट बुझाएको स्रोतले बतायो । टोलीले निगमको हङकङस्थित स्टेसन म्यानेजर गौरीलाल डाँगीलाई रिपोर्ट बुझाएको स्रोतले जानकारी दियो । 'टोलीले निगमद्वारा न्यूनतम मापदण्ड समेत पूरा नगरेकाले हङकङ उडान गर्न दिने या नदिने प्रश्न उठाएको छ,' स्रोतले भन्यो, 'उनीहरूले जहाजभित्र राम्रो सफाइ नभएको र फोहोर रहेकामा असन्तुष्टि जनाएका छन् ।'
यता निगम व्यवस्थापनले भने यात्रुको सुरक्षा र स्वास्थ्यमाथि खेलबाड नगरिएको दाबी गरेको छ । 'हरेक दिन सफाइ हुन्छ, मुसा देखिए हामी आफैंले उडाउ भन्दैनौं,' प्रवक्ता राजु केसीले भने, 'पहिले उडाउँदा मापदण्ड पुग्ने, अहिले नपुग्ने के भएको हो, हामीले बुझेका छैनौं ।' तर हङकङको रिपोर्ट सम्बन्धमा व्यवस्थापनमा कुनै जानकारी नआएको उनले बताए । उनले समस्या हटाउन निगमले क्याटरिङ स्टोरमा कीरा, मुसा, सांलालगायत नपसून् भनेर विद्युतीय उपकरण जडान गर्ने काम भइरहेको जानकारी दिए । 'नियमित सफाइ र खानेकुरा लोड गर्नुअघि पनि पुनः जाँच गर्न निर्देशन दिइसकिएको छ,' केसीले भने ।

No comments: