लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काठमाडौ न्युरोड गेटको चर्चित गुदपाक भण्डारले कुहिएको मिठाईलाई ताजा गुदपाक बनाएर बेचेको पाईएपछि बाणिज्य विभागको अनुगमन टोलीले पसलै बन्द गरिदिएको छ । बाणिज्य विभाग र उपभोक्तासहितको टोलीले हिजो सो भण्डारको गुदपाक बनाउने कारखाना निरीक्षण गर्दा कुहिएका मिठाईहरु जम्मा गरी धुल्याएर गुदपाक बनाउंदै गरेको भेटेपछि कारबाही गरेको हो । बाणिज्य विभागले कुहिएका मिठाईबाट बनाईएको ३ हजार किलोग्राम गुदपाक नष्ट गर्नुका साथै गुदपाक भण्डारका संचालक नरेन्द्र मास्केलाई स्पष्टिकरण सोधेको छ । सो भण्डारबाले बजारबाट कुहिएका मिठाई संकलन गरी कारखानामा लगेर दुषित पानी र केमिकल मिसाई गुदपाक बनाउने गरेको अनुगमन टोलीले फेला पारेको छ । त्यसैगरी बाणिज्य विभागले कुहिएको मिठाईबाट गुदपाक बनाउने न्युरोडकै श्रीकृष्ण गुदपाक भण्डारले पनि कुहिएको मिठाईबाट गुदपाक बनाएको पाईएपछि सो पसललाई पनि बन्द गरी स्पष्टिकरण सोधिएको छ । न्युरोड गेटको चर्चित गुदपाक भण्डारबाट गुदपाक किन्न विहानदेखि रातिसम्म सर्वसाधारणको लाम लाग्ने गरेको थियो । दिनहुं हजारौ किलो गुदपाक गुदपाक नेपालका विभिन्न जिल्ला मात्रै हैन विदेशमा पनि सर्वसाधारणले लैजाने गरेका थिए । ताजा गुदपाकको नाममा कुहिएको मिठाईलाई प्रशोधन गरेर बेच्ने मिठाई पसलहरुमाथि कारबाही हुन थालेपछि गुदपाक खान मरिहत्ते गर्ने सर्वसाधारणहरु पनि सचेत हुन थालेका छन् ।
No comments:
Post a Comment