लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजनाआयोगको उपाध्यक्षमा नेपाल राष्ट्र बैँकका पूर्वगर्भनर दीपेन्द्र बहादुर क्षेत्रीलाई नियुक्त गरेको छ। यस अघि आयोगका उपाध्यक्ष रहेका डा. दिनेशचन्द्र देवकोटाले दिएको राजीनामालाई स्वीक्रित गर्दै बैठकले क्षेत्रीलाई नियुक्त गरेको हो। माओवदी नेतृत्वकै सरकारले यसाघि क्षेत्रीलाई गर्भनर नियुक्त गरेको थियो। उनले यसगघि राष्ट्रिय योजना आयोगको सदस्यको जिम्मेवारी पनि निर्वाह गरि सकेका छन्। बैठकले आयोगको सदस्यमा जनक शाह र शिवकुमार राईलाई पनि नियुक्त गरेको छ।
No comments:
Post a Comment