News

Sep 8, 2011

माओवादी केन्द्रीय कमिटी बैठक सर्‍यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २२ - विशेष समितिलाई साँचो बुझाएपछि पार्टीमा चर्किएको विवाद समाधान गर्न एकीकृत नेकपा (माओवादी)ले असोज १ गते तय गरिएको केन्द्रीय समितिको बैठक असोज १३ गते सरेको छ। पार्टीको आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए। लडाकुको हतियार राखिएका कन्टेनरको साँचो सेना समायोजन विशेष समितिलाई बुझाउने विषयमा पार्टीमा विवाद उत्पन्न भएपछि पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको थियो। पार्टी उपाध्यक्ष एवम् प्रधानमन्त्री डा. बाबुराम भट्टराई असोज २ गते संयुक्त राष्ट्रसङ्घको कार्यक्रममा भागलिन जान लाग्नुभएकाले बैठक सारिएको बताइएको छ।

No comments: