News

Sep 5, 2011

जापानमा आँधीबाट १९ को मृत्यु ४१ जना बेपत्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
टोकियो,भाद्र १९ - पश्चिमी जापानमा भारी वर्षापछि आएको शक्तिशाली आँधीबेहरीमा परी कम्तीमा १९ जनाको ज्यान गएको छ । ४१ जना बेपत्ता छन् । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले जनाएका छन् । सञ्चार माध्यमहरूले करिब सय जना घाइते भएको जनाएका छन् । अन्य व्यक्तिहरू पनि हराइरहेको हुन सक्ने जनाउँदै आँधीको खतरा नाघिसकेकाले खोजी एवं उद्धारकार्य गर्न नसकिएको सुरक्षा एवं उद्धारकर्मीले जानकारी दिएका छन् । शक्तिशाली आँधी जापानको उत्तरी क्षेत्रबाट समुद्री तट हुँदै आइतबार पूर्वतर्फ आइपुगेको बताइएको छ । जापानको जलवायु अध्ययन संस्थाले प्रतिघन्टा १०८ किलोमिटरको दरले आएको आँधीको खतरा नघटिसकेको जनाएको छ । आँधीको सबैभन्दा नराम्रो प्रभाव वाकानावा जिल्लामा परेको छ । जापानी सुरक्षा अधिकारीका अनुसार उक्त ज्ािल्लामा मात्रै कम्तीमा १० जनाको ज्यान गएको छ भने ३२ जना हराइरहेका छन् । क्योदो समाचार संस्थाका अनुसार पूर्वी र मध्य जापानका केही भागका करिब ४ लाख ६० हजार जनालाई सरकारले अन्यत्र बसाइँ सर्न भनेको छ ।

No comments: