लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रतिपक्षी दल नेपाली कांग्रेसले माओवादी सेनाको हतियार रहेको कन्टेनरको साँचो विशेष समितिलाई बुझाउने कदमको स्वागत गरेको छ । कांग्रेसको शान्ति समितिको आज बसेको बैठकले साँचो बुझाउने कदम सकरात्मक भएको भन्दै स्वागत गरेको हो । बैठकले शान्ति प्रक्रिया टुंग्याउन बाँक कार्यहरु यथासिघ्र बढाउन माओवादीलाई आग्रह समेत गरेको छ । लडाकुको समायोजन र पुनःस्थापना अघि सम्पन्न हुनुपर्ने मापदण्ड, दर्जा निर्धारण, संख्या लगायतका मुद्दामा सहमति जुटाउन समितिले जोड दिएको छ ।
No comments:
Post a Comment