लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र २२ - प्रधानमन्त्री बाबुराम भट्टराईले निजामती सेवा दिवसको अवसरमा भ्रष्टाचारको जालो तोड्ने प्रण गर्न राष्ट्र्रसेवक कर्मचारीहरुलाई आग्रह गरेका छन् । निजामती सेवा दिवस मूल समारोह समितिले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले स्थायी सरकारका रुपमा रहेको कर्मचारी प्रशासनले अहिलेको सङ्क्रमणकालमा खेलेको भूमिकाको प्रशंसा गरे । कर्मचारी प्रशासनलाई चुस्त, पारदर्शी र व्यावसायिक बनाउन निर्देशन दिंदै उनले सरकारले छलछाम र कामचोर प्रवृत्तिविरुद्घ कठोर कदम चाल्ने चेतावनी दिए ।
No comments:
Post a Comment