News

Sep 4, 2011

बैद्यले माफी नमागे कारवाही हुन्छः माओवादी नेता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १८,एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य हरिबोल गजुरेलले पार्टीको निर्णय विपरित विज्ञप्ती निकाल्ने र आन्दोलन गर्ने वरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले आफ्नो गल्ती स्वीकार गरेर आत्मालोचना नगरे कारवाही हुने चेतावनी दिएका छन्। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता गजुरेलले भने-'अहिलेको घटना सामान्य होइन, एउटै पार्टीको लेटरप्याडमा दुई थरी विज्ञप्ती निकाल्नु सामान्य होइन।उहाँले आफूलाई नसच्याए कडा कारवाही हुन्छ। अहिलेको घटनामा आत्मालोचना वा कारवाही नभए माओवादीभित्र अराजकता बढ्ने र यसले पार्टीलाई नै समाप्त बनाउने उनको ठहर थियो। ओवादीभित्रको अहिलेको बहस शान्ति र संविधानलाई निष्कर्समा पुर्‍याउने वा नपुर्‍याने भन्ने पक्षबीच रहेको भन्दै उपाध्यक्ष वैद्य समूहले सेना समायोजन र संविधाननिर्माणमा अवरोध गरिरहेको आरोप लगाए। 'दुई थरी विज्ञप्ति, चक्का जाम र मसाल जुलुसले उहाँहरु अहिलेको प्रक्रियाको विरोधीको रुपमा हुनु हुन्छ भन्ने पुष्टि गरेको छ', उनले भने- 'जनता शान्तिको पक्षमा छन भन्ने पनि प्रष्ट भएको छ।' माओवादी अहिलेको प्रक्रियाबाट क्रान्तिकारी परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा अध्यक्ष प्रचण्ड पक्षधर रहेको तर बैद्य भने अहिलेको प्रक्रियाबाट परिवर्तन हुँदैन भन्ने पक्षमा रहेकोले यस विषयमा संस्लेषण नहुँदा सम्म पार्टीमा यस्ता विवादहरु आइरहने दावी गरे।

No comments: