News

Sep 8, 2011

ज्ञानेन्द्रलाई दिल्लीले सचेत गराएको विकिलिक्स खुलासा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ दिल्ली, भाद्र २२ - करिब छ वर्षअघि कार्यकारी अधिकार आफ्नो हातमा लिने तात्कालीन राजा ज्ञानेन्द्र शाहको निर्णयबाट आक्रोशित भारतले उक्त कदमले बहुदलीय प्रजातन्त्रलाई मात्रै नभइ राजतन्त्रलाई पनि क्षति पुर्‍याउन सक्नेबारे उनलाई सचेत गराएको विकिलिक्स्ले खुलासा गरेको छ । अन्ततः त्यसको एक वर्षपछि, १९ दिने जनआन्दोलनसामू राजा ज्ञानेन्द्र घुंडा टेक्न वाध्य भए ।
यहांस्थित अमेरिकी दूतावासबाट प्रेषित गोप्य केबल अनुसार, भारतीय विदेशमन्त्रालयका तात्कालीन नेपाल डेस्क प्रमुख रञ्जित रेले शाही कदमलाई अत्यन्तै खराब परिस्थितिका रुपमा चित्रण गर्दै राजा विरुद्ध राजनीतिक दल र विद्रोही माओवादी एकीकृत हुन सक्ने सम्भावना औल्याएका थिए ।
अमेरिकी अधिकारीहरुसंगको कुराकानीका क्रममा रञ्जितले राजाले परिस्थितिको खराब आंकलन गरेको टिप्पणी समेत गरे ।

भारतको 'अपमान'
सरकार विघटन नगर्न र कार्यकारी अधिकार हातमा नलिन आफूले बारम्बर गरेको आग्रह राजा ज्ञानेन्द्रले नमानेपछि भारतले उक्त घटनालाई आफ्नो अपमानको रुपमा लिएको केबलमा उल्लेख छ । विभिन्न कूटनीतिक र सैनिक सूत्रमार्फत राजदरबारसंग संवाद गर्ने भारतीय प्रयास बेवास्ता गर्ने राजाको कदमलाई भारतले थप अपमानको रुपमा हेरेको केबलमा लेखिएको छ । शाही कदम लगत्तै भारत सरकारले जारी गरेको कठोर वक्तव्य र त्यसको भोलिपल्ट विदेशसचिव श्याम शरणले पत्रकार सम्मेलनमा राजाको निर्णयविरुद्ध व्यक्त गरेको धारणाले पनि भारत सरकारको आक्रोश प्रतिविम्बित गरेको थि्द्ययो ।

भारत चीन सम्बन्धमा खटपटको् सम्भावना
शाही कदमपछि उत्पन्न संकटले भारतको विदेश नीति खासगरी चीनसंगको उसको सम्बन्धबारे जटील सवाल पैदा गरेको केबलमा उल्लेख छ । घुमाउरो रुपमा शाही कदमप्रति बेइजिंगको स्वीकारोक्ति र दलाई लामाको कार्यालयहरु बन्द गरी चीनलाई खुशी बनाउन राजाले प्रयास गरिरहेको हुन सक्ने आंशकाबीच भारत र चीनबीचको सम्बन्धमा समस्या आउन सक्ने टिप्पणी अमेरिकी अधिकारीहरुले गर्द्येका छन् ।

भारत र अमेरिका राजदूत फिर्तीको तयारीमा
केबल अनुसार, शाही कदमपछि राजालाई कडा सन्देश दिने उद्देश्यसहित आफ्ना राजदूत फिर्ता बोलाउनेबारे समेत अमेरिका र भारतले विचार गरेका थिए । अमेरिकाले कुनै राजनीतिक प्रगति नभए दुई साताभित्र राजदूत फिर्ता बोलाउने र त्यसमा आफूलाई साथ दिदैं भारतीय राजदूत पनि फिर्ता बोलाउन भारतीय विदेशसचिव श्याम शरणलाई आग्रह गरेको थियो । त्यसपछि भारतले उक्त कदममा अमेरिकालाई साथ दिने जवाफ शरणले फर्काएका थिए ।

भारतलाई रुस, चीन र पाकिस्तानको डर
नेपाली सेनालाई दिदैं आएको हतियार शाही कदमको विरोधमा रोकेपनि भारतले उक्त रिक्ततताको फाइदा रुस, चीन वा पाकिस्तानले लिनसक्ने चिन्ता अमेरिकी अधिकारीहरुसंग व्यक्त गरेको थियो । रुससंग तात्कालीन सैनिक नेत्तृत्वले एमआई १७ हेलिकप्टर मागेको भन्दै भारतीय अधिकारीहरुले गम्भीर चिन्ता जनाएका थिए । भारतीय विदेशसचिव श्यामशरणले कतिसम्म कडा टिप्पणी गरेका थिए भने रुससंग गरिएको नेपाली आग्रह आफूहरुलाई असह्य हुने बताएका थिए । पाकिस्तानी राष्ट्पति पर्वेज मुसर्रफले दरबारलाई सहयोगको हात बढाएकोतर्फ पनि भारत थप संशकित थियो । चीनबाट भने त्यस्तो औपचारिक सहयोगको रिपोर्ट प्राप्त नभएको र आफ्नो चासोबारे चिनियां अधिकारीहरुसमक्ष कुरा राख्ने शरणले बताएका थिए ।

No comments: