लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीका पोलिटब्युरो सदस्य देवेन्द्र पौडेल सुनिलले एमालेद्वारा आफ्ना कार्यकर्ता प्रचण्ड थैवको हत्याका आरोपित वाइसीयल रुपन्देहिका संयोजक सुजित बिकलाई संबन्धित निकायमा बुझाउन माओवादी तयार रहेको बताउनु भएको छ ।उहाँले किटानी जारी दिएकाले कानुनी प्रक्रिया बमोजिम संबन्धित निकायमा पठाउन माओवादी तयार रहेको बताउनुभयो । वुटवलमा सञ्चारकर्मीसँग कुराकानीगर्दै नेता पौडेलले सुजित अहिले सम्पर्क नरहेको बताउदै खोजिनिती भईरहेको बताउनुभयो । उहाँले केहि समय पहिला पार्टीको स्थानिय तहसँग फोन सम्पर्कमा आएको भएपनि अहिले पनि सपर्क बिहिन बनेको दावी गर्नुभयो ।
No comments:
Post a Comment