News

Apr 15, 2009

जथाभावी शहीद घोषणा अवमूल्यन भएको भन्दै आपत्ति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जथाभावी ढंगमा शहीद घोषणा गरिँदा वास्तविक शहीदको अवमूल्यन भएको भन्दै शहीद स्मारक समितिले घोर आपत्ति जनाएको छ। शहीद गंगालाल श्रेष्ठको ९०औं जन्मजयन्तीको उपलक्ष्यमा मंगलबार राजधानीमा आयोजित सभालाई सम्बोधन गर्दै समितिका संरक्षक प्रकाशधर शर्माले जुलुसमा भाग्दा गोली लागेका, प्रहरीले गुण्डागर्दीको आरोपमा कुटपिट गर्दा मरेका व्यक्तिका साथै पारिवारिक घटनामा मारिएकालाई पनि शहीद बनाइँदा देशका लागि सच्चा आहूति दिनेहरू छायाँमा परेको बताउनुभयो। नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डे, भाषाविद् डा. सुन्दरकृष्ण जोशी, नेपाः राष्ट्रिय पार्टी अध्यक्ष डा. केशवमान शाक्यलगायतका वक्ताहरूले शहीदको सपना साकार बनाउने नाउँमा सत्ता सम्हाल्न पुगेकाहरूले बाँचेकाहरूलाई हरेक तरहबाट अभाव सिर्जना गरी मर्न र मार्न उक्साउनेबाहेक केही काम नगरेको आरोप लगाएका थिए। नागरिक समाजका संयोजक शाक्य सुरेन, बुद्धाचार्य शाक्य, जलस्रोतविद्र् इ. रामेश्वरमान अमात्य, नाक, कान, घाँटी विशेषज्ञ डा. रामछायामान अमात्य र हरिभक्त श्रेष्ठले काम गराइ र भनाइमा एकरूपता नहुँदा पटक-पटक व्रिद्रोह भई जनधनको ठूलो क्ष्ति भइरहेको हुँदा नेनेतृत्व वर्गले जे सकिन्छ त्यो मात्र बोल्नुपर्ने कुरामा जोड दिनुभयो। कार्यक्रममा स्वतन्त्र स्वायत्त शहीद घोषणा आयोग गठनको माग पनि गरिएको थियो।

No comments: