News

Apr 19, 2009

निषेधाज्ञाको अबज्ञा गर्दै सप्तकोशी विस्थापितले प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अबज्ञा गर्दै सुनसरीको जुद्धगञ्ज र नहरचौकमा आन्दोलनरत सप्तकोशी विस्थापितले आइतबार प्रदर्शन गरेका छन् । उनीहरुले सुनसरी सदरमुकाम इनरुवामा बिरोध र्‍याली समेत गरे । राजमार्ग क्षेत्रको निरन्तरको हड्ताल र अवरोध रोक्न सुनसरी प्रशासनले शनिबार साँझ सातवजेदेखि सुनसरीको लौकहीदेखि पश्चिम कोशी ब्यारेजसम्मको राजमार्ग क्षेत्रमा बन्द , हडताल , अबरोध र प्रदर्शन गर्न नपाइने गरि निषेधाज्ञा जारी गरेको थियो । तर आइतबार समेत उक्त सडक क्षेत्रमा सवारी चल्न सकेन । प्रशासनले निषेधाज्ञाका बेला शनिबार राति जुद्धगञ्ज चौकमा चार राउण्ड हवाइ फायर र केही सेल अश्रुग्याँस प्रहार गर्दै रोकिएका सयौ सवारीलाई आन्दोलन प्रभावित क्षेत्र कटाएको थियो । रातभर यातायात सञ्चालन गराइएपनि आइतबार बिहानदेखि कोशी पीडितको अबरोधका कारण यातायात सञ्चालन हुन सकेको छैन । उच्चस्तरीय कार्यदलको प्रतिबेदन कार्यान्वयन गर्नुपर्ने लगायतका सात सूत्रिय माग राख्दै आन्दोलित कोशी बिस्थापितहरुले गत चैत २७ गते देखि सुनसरीको लौकही पश्चिममा यातायात अबरुद्ध पार्दै आएका छन् । यसैबीच आन्दोलनरत सप्तकोशी विस्थापितले सुनसरी सदरमुकाम इनरुवामा प्रदर्शन गरेका छन् । बाढी प्रभाबित हरिपुर , श्रीपुर , पश्चिम कुशहा र लौकहीवाट आएका बिस्थापितले स्थानीय प्रशासनले दमन गरेको भन्दै नारावाजी र प्रदर्शन गरेका थिए ।स्थानीय भगबती माबिमा आयोजित बिरोध सभामा विस्थापितहरुले वर्तमान सरकारले आफूहरुको माग पूरा गर्नु सट्टा दमन गरेको बताएका थिए ।

No comments: