News

Apr 23, 2009

प्रधानमन्त्री दलहरुको समर्थन लिन असफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाली सेनाका प्रधानसेनापतिलाई पदबाट हटाउन अन्य दलहरुको समर्थन लिन गरेको प्रयास असफल भएको छ।बुधबार अवेर साँझ सकिएको संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक सेनापति कटवाललाई हटाउन अग्रसर देखिएको सरकार र त्यसको चर्को विरोध गरिरहेका अधिकांश गैरमाओवादी पार्टीहरु आमने-सामने हुने अवसर थियो।तर प्रधानसेनापति रुक्माङ्गद कटवालमाथि शुरु गरेको कारवाहीको पक्षमा दलहरुको समर्थन जुटाउने उदेश्यले गरिएको उक्त बैठकमा माओवादीले अधिकांश दलहरुको चर्को विरोध सामना गर्नु पर्‍यो।सेनापति हटाउन नदिन अभियान नै छेडेको मुख्य विपक्षी नेपाली कांग्रेसका एकजना नेता डा.प्रकाश शरण महतले भने, “गणतन्त्र स्थापनामा सघाएको सेनाका प्रधानसेनापतिले राज्य र सरकारको निर्देशनमा काम गर्ने स्पष्ट पारिसकेकाले त्यसलाई यहीँ टुंग्याएर निस्कासन गर्ने कुरा रोक्नु पर्ने हाम्रो धारणा राख्यौ।”त्यसअघि कांग्रेसको अगुवाइमा सरकारी कदम विरुद्ध मंगलबारदेखि एकजुट भएका गैरमाओवादी १६ दलले पनि संयुक्त बैठक गरी सेनापति हटाउन नदिने अडान कायम राख्ने निर्णय गरेका थिए।

No comments: