News

Apr 15, 2009

थाइल्यान्डमा विरोध प्रदर्शन प्रदर्शनकारीले परित्याग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बैंकक/ थाइल्यान्डमा तीन सातादेखि लगातार सरकारको विरोधमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीले मंगलबार प्रदर्शन परित्याग गरेका छन् । सेनाले कारबाहीको धम्की दिएपछि प्रधानमन्त्री कार्यालय परिसर घेर्ने तीन हप्ता लामो विरोध प्रदर्शन रोकिएको हो । सोमबार बैंककमा प्रदर्शनकारीहरूको सेनासँग भएको झडपमा दुई व्यक्तिको मृत्यु हुनुका साथै एक सय २३ जना घाइते भएको थियो । त्यसको एक दिनपछि सेना र प्रहरीले प्रधानमन्त्री अभिसित भेज्जाजिभाको कार्यालय गभरमेन्ट हाउसको चारैतिर अखडा जमाइबसेका हजारौं प्रदर्शनकारीमाथि कडा निगरानी राखेका थिए । सेनाबाट ठूलै स्तरको कारबाही बढाइएपछि विरोध प्रदर्शनका आयोजक सो स्थान छाडी जान राजी भएका थिए । झन्डै सत्ता गुमाउने संघारमा पुगेका अभिसितका लागि यो एउटा विजय बनेको छ ।

No comments: