News

Apr 18, 2009

राष्ट्रिय जनमोर्चाले संघीयताको विरोधमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रिय जनमोर्चाले संघीयताको विरोधमा १५ वैशाखसम्म काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । राजमोले शुक्रबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको सुदृढीकरण, राष्ट्रियताको रक्षा र संघीयताको विरोधमा आन्दोलन गर्ने बताए । केसीले देशमा जबर्जस्ती संघीय प्रणाली लागू गरिए जातीय एवं क्षेत्रीय द्वन्द्व र राष्ट्रिय विखण्डनको अवस्था उत्पन्न हुने तर्क गर्दै देशलाई संघीयतामा लैजान नहुने बताए । 'संघीय प्रणाली देशको वस्तुस्थितिसित मेल खाँदैन,' उनले भने, 'यो अवधारणा तत्काल खारेज नगरे देश दुर्घटनामा पर्नेछ ।'आन्दोलन कार्यक्रमअन्तर्गत रत्नपार्कबाट सहरका विभिन्न भागमा जुलुस प्रदर्शनका साथै खुलामञ्चमा सभा गर्ने, राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने, कोटेश्वर, कीर्तिपुर, बालाजु, जावलाखेल, रत्नपार्क र बानेश्वरमा क्षेत्रीय सभा गर्ने, प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने आदि छन् ।

No comments: