News

Apr 23, 2009

माओवादी र कांग्रेसका नेताहरूले समाजवादी आन्दोलन घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी र कांग्रेसका वरिष्ठ नेताहरूले बुधबारदेखि मुलुकमा समाजवादी आन्दोलन सुरु भएको घोषणा गरेका छन् । राजधानीमा बुधबार आयोजित कार्यक्रममा माओवादी वरिष्ठ नेता सिपी गजुरेल र कांग्रेसका वरिष्ठ नेता डा. नारायण खड्काले समाजवादी आन्दोलन सुरु भएको बताए । माओवादी नेता गजुरेलले संसारका अधिकांश जनता समाजवादी भएको उल्लेख गर्दै नेपालको क्रान्ति पनि क्रमशः समाजवादतिर उन्मुख भइरहेको बताए । कांग्रेस नेता डा. खड्काले विश्वमा समाजवादी आन्दोलन अहिले पनि प्रयोग र परीक्षणमै रहेको तर्क राख्दै संसारको कुन समाजवादलाई सही समाजवाद मान्ने भन्ने यकिन नभएको बताए ।

No comments: