News

Apr 19, 2009

चीनसँगको प्रस्तावित नयाँ सन्धिमा हस्ताक्ष्र नहुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चीन सरकारद्वारा प्रस्तावित नयाँ शान्ति तथा मैत्री सन्धिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को यही वैशाख तेस्रो सातादेखि हुने भनिएको चीन भ्रमणका अवसरमा दुइ देशबीच हस्ताक्षर नहुने निश्चितप्रायः देखिएको छ। प्रस्तावित नयाँ सन्धिको मस्यौदा चीन सरकारका सहायक विदेशमन्त्री हु जेङ गुइले नेपाल भ्रमणका क्रममा गत माघ १४ गते परराष्ट्र मन्त्रालयलाई बुझाइसक्नुभएको छ। सहायक विदेशमन्त्री गुइले भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डसँग आसन्न चीन भ्रमणमा हस्ताक्षर गर्ने गरी कार्यक्रम तय गर्न अनुरोध गर्नुभएको थियो। त्यस बेला प्रधानमन्त्रीले सम्बद्ध मन्त्रालय र अन्य राजनीतिक दलसँग परामर्श गरी प्रस्तावित सन्धिमा हस्ताक्षर गर्ने या नगर्नेसम्बन्धमा जवाफ दिने गुइसमक्ष बताउनुभएको थियो। प्रधानमन्त्रीले हालसम्म सत्तासाझेदार प्रमुख दल तथा प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्नुभएको छैन -प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। परराष्ट्रप्रवक्ता सहसचिव सुरेशप्रसाद प्रधानले प्रस्तावित सन्धिका विषयमा मन्त्रालयले हालसम्म कसैसँग परामर्श एवम् छलफल नगरेको जानकारी दिनुभयो।

No comments: