News

Apr 22, 2009

सेनापति विवादकाबीच मन्त्रिषरिषद बैठक स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानसेनापति रुक्माङ्गद कटवाललाई अवकाश दिने अनुमान गरिएको मन्त्रिपरिषदको बैठक विभिन्न दलहरुको चरम दबाब र बढ्दो अन्तर्राष्ट्रिय चासोकाबीच स्थगित हुन पुगेको छ।सेनापति कटवालले तोकिएको २४ घण्टाभित्रै मंगलबार बिहान स्पष्टीकरणको लिखित जवाफ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दर्ता गराएपछि त्यसबारे छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्ने ठेगान गरिएको थियो।
सेनापतिको जवाफ आउनु अघि नै एकीकृत नेकपा माओवादीको सचिवालय बैठकले स्पष्टीकरण चित्त बुझ्दो नभए सेनापतिलाई बर्खास्त गर्न आफ्नो दलको नेतृत्वको सरकारलाई निर्देशन दिएको थियो।
मन्त्रिपरिषदको बैठकले गर्ने सम्भावित निर्णयबारे दिनभर विभिन्न अनुमान र अडकलबाजी पनि चले।
तर दक्षिणी छिमेकी भारत लगायतका राजदूतहरुसंगको भेटघाटमा व्यस्त प्रधानमन्त्री प्रचण्डले विभिन्न दलहरुको चर्को विरोधका बीच दिन ढल्किँदै जाँदा मन्त्रिपरिषदको बैठक नै अचानक स्थगित गरिदिए।

No comments: