News

Apr 19, 2009

शुल्कवृद्धि गर्ने विद्यालयमाथि कारबाही गर्ने आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को आधिकारिक निर्णयनभईकन केही विद्यालयले शुल्क बढाएपछि उत्पन्न परिस्थितिले उग्र रूप लिन थालेको छ। शिक्षामन्त्री रेणु यादवले शुल्कवृद्धि गर्ने विद्यालयमाथि कारबाही गर्ने आदेश दिएपछि शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालयले आज आइतबारदेखि प्रक्रिया थाल्ने भएका छन्। तर प्याब्सनले भने वर्तमान परिस्थितिअनुसार शुल्क निर्धारण समितिको निर्देशनमा शुल्क बढाउने बताएको छ।प्याब्सनका महासचिव टीआर ढकालले शुल्क वृद्धि गर्ने विषयमा आधिकारिक निर्णयभइनसकेको बताउँदै शुल्क निर्धारण समितिको निर्देशनमा शुल्क वृद्धि गरिने बताउनुभयो। शिक्षक तलब, विद्यालय प्रशासन सञ्चालन र शिक्षाको गुणस्तरीयता वृद्धि गर्न केही प्रतिशत शुल्क वृद्धि गर्नैपर्छ, महासचिव ढकालले भन्नुभयो- तर सरकारको निर्णयाहिर जान सकिँदैन।शिक्षकले सरकारद्वारा गत वर्षवृद्धि गरेको २ हजार मासिक तलब माग गर्न थालेपछि शुल्क वृद्धि गर्नुपर्ने बाध्यता आइपरेको उहाँको धारणा छ। सरकारसँग कुनै सल्लाह र जानकारी नै नदिईकन निजी विद्यालयहरूले शुल्क वृद्धि गर्न थालेको बताउँदै शुल्क निर्धारण समितिका अध्यक्ष एवम् शिक्षा विभागका महानिर्देशक महाश्रम शर्माले मापदण्ड र कानुनविपरीत शुल्क वृद्धि गर्ने विद्यालयमाथि कारबाही गरिने बताउनुभयो।

No comments: