News

Apr 16, 2009

मन्त्रिपरिषद्को बैठकले राज्य पुनर्संरचना आयोग गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राज्य पुनर्संरचना आयोग गठन गरेको छ । सिंहदरबारमा बिहान बसेको बैठकले डा.गणेशमान गुरुङको अध्यक्षतामा राज्यपुर्नसंरचना आयोग गठन गरेको हो ।आयोगमा महिला सदस्य सीता थेवे छिन् । अन्य पार्टीहरुले नाम दिएपछि आयोगलाई पूर्णता दिइने सरकारका प्रवक्ता सूचना तथा संचारमन्त्री कृष्णबहादुर महराले बताए । राज्य पुर्नसंरचना आयोग गठनको माग विभिन्न दलहरुले लामोसमयदेखि गर्दै आएका थिए ।साथै बैठकले तराई-मधेश लोकतान्त्रिक पार्टी लगायतका माग सम्बोधन गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले तमलोपाले उठाउँदै आएको कपिलवस्तुमा मोहित खाँको हत्या सम्बन्धी मुद्दामा गम्भीर प्रकृतिका बाहेक अन्यको हकम लगाइएका मुद्दा फिर्ता लिने निर्णय गरेको छ । साथै संवैधानिक र कानुनी परामर्शपछि मन्त्रिपरिषद्को अर्को बैठकले मुख्य दलको परिभाषा गर्ने प्रवक्ता महराले जानकारी दिए । समाजकल्याण परिषदको उपाध्यक्षमा दाताराम खनाल, कोषाध्यक्षमा रत्नगाहा मगर तथा सदस्यमा डा.शिवाङ शेर्पालाई मन्त्रिपरिषद्ले नियुक्त गरेको छ । त्यस्तै कानुन सुधार आयोगमा निलाउदासी खनाल, देवनारायण यादव र शान्तिकुमारी राईलाई मन्त्रिपरिषदले नियुक्त गरेको छ ।मुलुकको २ सय ४० वटै निर्वाचन क्षेत्रमा सेवाकेन्द्र स्थापना गर्ने पनि सरकारले निर्णय गरेको छ । यसअघि केही स्थानमा मात्र सेवा केन्द्र स्थापना गर्ने निर्णय बिवादमा आएको थियो । सेवाकेन्द्र राखिने स्थान भने स्थानीय तहको छलफलले तय गरेपछि तोकिने छ । बुटवलमा प्रचण्ड थैवको हत्यापछि एमाललेका मन्त्रीहरुले मन्त्रिपरिषद् बैठक बहिष्कार गरेका कारण तीन साता यता बैठक बस्न सकेको थिएन । प्रधानमन्त्री पुष्पकमल दाहाल चैत्र १५ गते नर्वे प्रस्थान गर्नु अघि मात्र बैठक भएको थियो । आजको बैठक पनि प्रधानमन्त्रीको व्यस्तताका कारण अन्य विभिन्न विषयमा प्रवेश नै नगरी टुंगिएको थियो ।

No comments: