News

Apr 22, 2009

जर्ज डब्लु बुस कुकुरको दिसापिसाब सोहोर्न व्यस्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्युयोर्क/ सोच्नुस् त पूर्वअमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस आजभोलि के गर्दै होलान् ? इराक आक्रमण गर्ने निर्णयप्रति आफूलाई धिक्कार्दै त छैनन् वा अन्य देशका पूर्वराष्ट्रपति वा प्रधानमन्त्रीजस्तै उनी पनि पुस्तक लेख्न र विश्वविद्यालयमा भाषणमै व्यस्त त छैनन् ? तपाईंका कल्पना सबै गलत भए । जर्ज बुस आजभोलि कुकुर बार्नीको दिसापिसाब सोहोर्न व्यस्त छन् । चीनमा शनिबार भाषण दिनेक्रममा आफू आजभोलि कुकुरको दिसापिसाब सोहोर्न व्यस्त भएको बताएका हुन् । कुकुरलाई डुलाउन लाँदा आफैले कुकुरको दिसा टिप्न झोला लगेको अनुभव बुसले सुनाए । 'आठ वर्षदेखि नगरेको काम मैले गरेँ,' बोआओ फोरम फर एसियाको सम्मेलनमा बुसले भने । यस फोरममा सरकारी अधिकारी, व्यापारी तथा प्राज्ञहरूको उपस्थिति थियो । आफ्नो कार्यकाल सकिएर सत्ता ओबामालाई सुम्पेपछि सोफामा लडेर 'फ्री याट लास्ट'- अन्तमा स्वतन्त्र भएँ' भने रे बुसले । उत्तरमा उनकी श्रीमती लाउराले जिस्काउँदै भनिन्, 'तिमी भाँडा माझ्न फुर्सदिला भयौ ।' आफ्नो दिनचर्याबाहेक बुसले सम्मेलनमा आतंकवाद निर्मूल गर्ने र विश्वअर्थतन्त्र स्थिर पार्ने सम्बन्धमा पनि बोले ।

No comments: