News

Apr 16, 2009

चारसय प्रतिका दरले सुझावपत्र वितरण गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संवैधानिक समितिले आफ्ना सबै सदस्यहरुलाई अध्ययन प्रतिवेदनका लागि चारसय प्रतिका दरले सुझावपत्र वितरण गर्ने भएको छ । जनमत संकलनको क्रममा जम्मा भएका सुझावलाई अध्ययन गरेर तीन दिनभित्र प्रतिवेदन पेश गर्न समितिले सबै सदस्यहरुलाई निर्देशन समेत दिएको छ ।सिंहदरवारमा बिहीबार बसेको समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल लगायत समितिका सबै ६३ सदस्यलाई अध्ययनका लागि शनिबार सुभावपत्र बितरण गर्ने निर्णय गरेको हो ।विभिन्न जिल्लामा सुझाव संकलन गर्न गएको टोलीले संवैधानिक समितिसँग सम्बन्धित करिब २६ हजारप्रति सुझाव संकलन गरेको थियो । प्राप्त सुझावलाई भागबण्डा गरेर सदस्यहरुलाई करिब चारसय प्रतिका दरले वितरण गर्न लागिएको हो ।

No comments: