News

Apr 23, 2009

त्रिविका उपकुलपति र रेक्टरलाई मोसो दले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अनेरास्ववियु क्रान्तिकारी समर्थित विद्यार्थीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति र रेक्टरलाई मोसो दलेका छन् । परीक्षाको मुखमा बढाएको परीक्षा शुल्क घटाउन राखेको मागप्रति बेवास्ता गरेको भन्दै क्रान्तिकारीले बुधबार उपकुलपति प्रा. डा. माधव शर्मा र रेक्टर सूर्यलाल अमात्यलाई कालोमोसो दलेको हो । परीक्षा शुल्क विरोधमा क्रान्तिकारीले बुधबार त्रिविका पदाधिकारीलाई सार्वजनिक बहिष्कार र गाडी कब्जा गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो । क्रान्तिकारीका कार्यालय सचिव रत्न ढकालले भने, 'बाहिरी कार्यक्रम सार्वजनिक भए पनि उपकुलपति, रेक्टर, रजिस्ट्रार र परीक्षा नियन्त्रकलाई मोसो दल्ने भित्री कार्यक्रम बनाएका थियौं, तर रजिस्ट्रार र नियन्त्रक फरार भए ।'मोसो दल्न सक्रिय क्रान्तिकारीका २२ विद्यार्थीलाई प्रहरीले गिरापतार गरेको छ । गिरफ्तार भएका विद्यार्थीलाई सार्वजनिक मुद्दा लगाएको कार्यालय सचिव ढकालले बताए ।

No comments: