News

Apr 19, 2009

संविधानको मस्यौदा निर्धारित समयमा नबन्ने भो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुझाव नबुझेर विज्ञ चाहियो, विज्ञका लागि फेरि रकम माग। संविधानसभाका विषयगत समितिहरूले जनताले दिएका लाखौं सुझावको अध्ययन गर्दै अवधारणा तयारीलाई रातदिन नभनेर तीव्रता दिइरहेको भए पनि कार्यतालिकाअनुसार यही वैशाख १० गतेसम्म अवधारणाको आधारमा संविधानको प्रारम्भिक मस्यौदा तयार नहुने भएको छ।संविधानसभाका सबै समितिहरूले आआफनो क्षेत्रभित्र पर्ने विषयमा अवधारणाका आधारमा वैशाख १० गतेसम्म प्रारम्भिक मस्यौदा तयार गरिसक्नुपर्ने संविधानसभाबाट पारित कार्यतालिकाले निर्देश गरेको छ। तर वैशाख ५ गते शनिबार साँझ ६ बजेसम्मको संविधानसभाका समितिहरूको कार्यप्रगतिलाई हेदा कार्यतालिकाबमोजिमको समयभित्र मस्यौदा तयार नहुने निश्चितजस्तो देखिएको सभासद्हरूले बताएका छन्।सुझाव संकलनका समयमा भएको तर्राईको आन्दोलनले पारेको असर र व्यवस्थापिका संसद् तोकिएकै समयमा नचलेका कारण समितिहरूका लागि काम गर्न पर्याप्त समय नभएको सभासद्हरूको तर्क छ।

No comments: