News

Apr 20, 2009

मुख्यसचिवसहित सचिवहरूसँग स्पष्टीकरण लिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले बेरुजु फस्र्योटबारे तोकिएको मितिमा जानकारी नदिएको भन्दै सरकारका मुख्यसचिवसहित सचिवहरूसँग स्पष्टीकरण लिने भएको छ । आइतबार बसेको समितिको बैठकलेमुख्य सचिवसहित सबै मन्त्रालयका सचिवहरूसित स्पष्टीकरण लिने निर्णय गरेको छ । समितिले यसअघि चैत मसान्तभित्र बेरुजुबारे जानकारी दिन सचिवहरूलाई निर्देशन दिएको थियो । निर्देशनअनुसार काम नभएपछि समितिले स्पष्टीकरण लिने निर्णय गरेको हो । समितिको निर्णयअनुसार आगामी १३ वैशाखमा मुख्यसचिव र १५ मन्त्रालयका सचिव र १४ वैशाखमा बाँकी मन्त्रालयका सचिवहरूसित स्पष्टीकरण लिइनेछ । त्यस्तै, १५ वैशाखमा जनकपुर चुरोट कारखाना र जनक शिक्षा सामग्री केन्द्रका महाप्रबन्धकलाई बेरुजुबारे जानकारी लिन समितिमा बोलाउने निर्णय भएको समितिका सभापति रामकृण्ण यादवले बताए । समितिले कोसीपीडितलाई प्रदान गरिएको राहतमा अनियमितता भएको तथा सरकारद्वारा सञ्चालित युवा स्वरोजगार कार्यक्रममा माओवादीले नियन्त्रण गरेको भन्ने आरोपबारे समितिलाई तत्काल जानकारी गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । त्यस्तै, हज कमिटीको खर्च विवादको अध्ययन गर्न गठित उपसमिति र मध्यमस्र्याङ्दी विद्युत् योजनाको अध्ययन गर्न गठित उपसमितिलाई प्रतिवेदन बुझाउन निर्देशन दिइएको सभापति यादवले बताए ।

No comments: