News

Apr 15, 2009

सरकारले अध्यागमन ऐन संशोधन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले स्वदेशीसमेतको प्रस्थान र आगमन प्रक्रियालाई कडाइ गर्ने गरी अध्यागमन ऐन २०४९ संशोधन गर्ने भएको छ । त्यसका लागि गृह मन्त्रालयले संसदमा संशोधन विधेयक दर्ता गराइसकेको छ ।प्रस्तावित विधेयकमा नेपालीको पनि विदेश प्रस्थान र आगमन अध्यागमनभित्र पारिने उल्लेख छ । अहिलेसम्म विदेशीको नेपाल प्रवेश, उपस्थिति र प्रस्थानलाई मात्र अध्यागमन ऐनले समेटेको छ । अध्यागमन नियमन प्रक्रियालाई प्रभावकारी बनाउन नेपाल प्रहरीभित्र छुट्टै 'अध्यागमन प्रहरी' को व्यवस्था गरिनेछ । नक्कली भिसा, राहदानी बनाए वा प्रयोग गरे त्यसलाई पाँच वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म वा दुवै जरिवाना हुनेसक्ने छ । अहिलेसम्म यसअघि पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ ।

No comments: