News

Apr 24, 2009

'स्लमडग मिलेनियर' जोडी रेस्टुरेन्टमा चुम्बन लिप्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आफूहरूबीच प्रेससम्बन्ध छैन भन्दै आएका 'स्लमडग मिलेनियर' जोडी देव पटेल र फीदा पिटो चुम्बन गर्दागर्दै भेटिएका छन् । मिडियाले उनीहरूको प्रेमसम्बन्धका विषयमा चर्चा गर्दा आफूहरू सहकर्मी मात्रै भएको दाबी गर्दै आएका थिए । तर, इजरायलको एक रेस्टुरेन्टमा चुम्बन गरिरहेको अवस्थामा भेटिएपछि देव र फीदादाको गुपचुप सम्बन्धको विषयमा थप चर्चा सुरु भएको छ । फीदा सुटिङका क्रममा थिइन् भने देव उनको सुटिङ हेर्न पुगेका थिए । सुटिङ सकिएपछि साँझको समय डिनर गर्नेक्रममा रेस्टुरेन्टमा चुम्बनमा लिप्त हुन पुगे उनीहरू । कन्ट्याक्ट म्युजिक डटकमले उल्लेख गरेअनुसार उनीहरू अरूको वास्ता नगरी चुम्बनमा मस्त थिए । 'रेस्टुरेन्टमा खान आउने- जानेहरूको क्रम जारी थियो, तर सोही रेस्टुरेन्टको एउटा टेबुलमा बसेका यी जोडी चुम्बनमै मस्त थिए,' डटकमले उल्लेख गरेको छ । ओस्कार अवार्ड विजेता फिल्म 'स्लमडग मिलेनियर' मा सानो वेलाका साथीका चरित्र निर्वाह गरेका यी कलाकारको प्रेमप्रसंगले सिनेमाको सुटिङ भएलगत्तै चर्चा पाएको थियो । उनीहरूको सम्बन्ध गाढा भएको सोही फिल्ममा काम गरेका अर्का कलाकार अलिन कपुरले पनि स्विकारेका छन् । 'उनीहरूको सम्बन्ध देख्दा मलाई उनीहरूबीच केही होला भन्ने लागेको थियो, अहिले पुष्टि भयो,' अनिलले भने ।

No comments: