News

Apr 16, 2009

हङकङको फुटवल टिम नेपाल प्रस्थान

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
नेपालमा सम्पन्न हुन लागिरहेको एफ सेभेन ए सार्इज र्इन्टरनेशनल टुर्नामेण्ट मा सहभागी हुन हङकङवाट हङकङ नेपाली फुटवल टिम विहिवार नेपाल प्रस्थान गरेको छ । यसमा सहभगी खेलाडिहरुमा नरेन लिम्वु(क्याप्टेन), भूपेन लिम्वु, दाह्रासिं लिम्वु, हर्कसिं लिम्वु, सुरेन्द्र गुरुङ, असिम गुरुङ, सन्दिप गुरुङ, नरेश गुरुङ, प्रकाश थापा, ज्ञान वुढा, दिपेन आले, र्इश्वर आले रहेका छन् । त्यस्तै मेनेजरमा राजिप हिराचन र सह मेनेजरमा नैनसिं गुरुङ रहेका छन् । यो समुहको खेल १९ तारिख हुने कुरा जर्मन लावती वताउनुहुन्छ । यसै सन्दर्भमा चुम्लुङ फुटवल क्लवको खेलाडिहरु पनि उक्त टिममा सहभागी भएकोले चुम्लुङ अध्यक्ष नीर प्रसाद लिम्वुले अग्रिम शुभकामना व्यक्त गरी नेपाल चुम्लुङलाई पत्राचार गरी आवश्यक सहयोग गरिदिन आग्रह गरेको कुरा चुम्लुङ फुटवल टिमका मेनेजर जय लिम्वुवाट थाहा भएको छ । जय लिम्वुको अनुसार हङकङवाट नेपालको आफन्त तथा फ्यानहरुलाई सम्पर्क गरी हङकङ फुटवल टिमलाई सपोर्ट गरिदिनको लागि सवै हङकङवासीलाई अपिल गरिएको वुझिएको छ ।

No comments: