News

Apr 15, 2009

नेपाली कांग्रेस सदन संचालन गर्न सहमत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सदन संचालन गर्न सहमत भएको छ । सहमतिपछि प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार अपरान्ह बस्ने व्यवस्थापिका संसदको बैठकमा कांग्रेसले उठाएका माग सम्बोधन गर्ने बताइएको छ ।सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज भएको छलफलमा माग पूरा गर्ने सहमति भएपछि कांग्रेस सदन सुचारु गर्न सहमत भएको कांग्रेस नेता प्रकाशशरण महतले बताए ।कांग्रेसले उठाएका माग समेटेर प्रधानमन्त्रीले आज सदनमा सम्बोधन गर्ने माओवादीका प्रमुख सचेतक पोष्टबहादुर बोगटीले जानकारी दिए । प्रतिपक्ष नेपाली कांग्रेस र सत्तारुढ दल एमालेले आफ्ना माग पूरा नभएको भन्दै चैत्र १६ देखि सुरु भएको व्यवस्थापिका संसदको बैठक अवरुद्ध गर्दै आएका छन् ।

No comments: