News

Apr 19, 2009

आफ्नै पारामा नाच्छन् राजेश हमाल जति सिकाए पनि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रारम्भमा नाम लिए, राजेश हमालको । धेरै निर्देशकले प्रशंसा गर्ने नायक हमालको नृत्य गुरुले सुरुमै आलोचना गर्दै भने, 'राजेश हमाल हाम्रो स्टाइलमा नाच्न जान्दैनन्, उनी आफ्नै पारामा नाच्छन् ।' भनेपछि राजेशलाई नचाउन साह्रै गाह्रो छ होइन त ? टाउकोमा बाँधेको रुमाल खोल्दै मुस्कुराए राजु शाह, 'हाम्रो स्टाइलमा त नचाउनै सकिँदैन ।' जति सिकाए पनि नाच्ने वेलामा उहाँले आपनो स्टाइल छाड्नुहुन्न ? तपाईंको स्टाइलमा नचाउँदा कति टेक खालान् राजेशले । नेपाली फिल्म उद्योगमा राजेशलाई आपmनो स्टाइलमा नचाउनु असम्भवजस्तै रहेको धारणा राख्दै राजु भन्छन्, 'जहिले ढिला आउँछन् । उनलाई स्टाइल सिकाउनुभन्दा त उनकै स्टाइलमा नाच्न दिनु ठीक हुन्छ ।' नृत्य निर्देशकले भनेजस्तै गरी नचाउने हो भने दसौँ टेकमा पनि ठीक हुन्न राजेशको नृत्य । यति हुँदाहुँदै पनि हमालको एक्सप्रेसनको प्रशंसा गरे राजुले । उनलाई लाग्छ, 'राजेशको एक्सप्रेसन ठीक छ, राजेशमा लिप्सिङ मिलाउने खुबी भएकाले जसको स्वर पनि सुहाउँछ । जुन गीतमा नचाए पनि फिल्म हेर्दा राजेशले नै गाएजस्तो देखिन्छ ।' चौरमा नचाएको खासै सुहाउँदैन राजेशलाई । तर पनि निर्माताले गुन्यु-चोली लगाएको हिरोइनसँग चौरमा उफार्न छाडेका छैनन् । मोडर्न पार्टीमा राजेशले राम्रो नृत्य गर्ने धारणा राख्ने राजुले राजेशलाई सुहाउने हिरोइन दुईजना भएको टिप्पणी गरे । 'पहिलाकी करिश्मा सुहाउँथिन्, अहिलेकी रेखा थापा ।' करिश्माको प्रस्तुतिबाट प्रभावित राजुले उनको शारीरिक संरचनाले पनि साथ दिएको धारणा राखे, 'करिश्मा डान्समा पोख्त नभए पनि मुभमेन्ट क्यास गर्न सक्ने क्षमता थियो उनमा ।' ड्रेसअपमा सेन्स भएकाले पनि करिश्माको नृत्यको धेरैले तारिफ गरेको सुनाउँछन्, राजु । तर, उनको लगाब भने गज्जब थियो । भन्छन्, 'कुनै पनि गीतमा रिहर्सल गर्न कहिल्यै झर्को मान्दिनथिइन्, एक घन्टा लगातार अभ्यास गर्ने क्षमता थियो उनमा ।' सुटिङमा टेक खाए पनि काम गर्ने झर्को नमान्ने स्वभावका कारण करिश्माको नृत्य हेरेर रमाउने दर्शक धेरै नै थिए । उनको लगावको प्रशंसा गरे राजुले । करिश्माका कमजोरी पनि त होला न नि ? राजु भन्छन्, 'कुनै-कुनै गीतमा डान्स गर्न सक्दिनथिइन्, अनि हामीसँग रिसाउँथिन् । रिसाएपछि काम गराउन साह्रै गाह्रो ।' करिश्मालाई मोर्डन ड्रेस सुहाउने धारणा राख्ने राजुले साडी-ब्लाउजले पनि उनको सौन्दर्य जगाएको सुनाए । डे्रसअपको कारण पनि करिश्माका पmयान बढी भएजस्तो लागेको छ राजुलाई । भन्छन्, 'जुन ड्रेस लगाए पनि करिश्मा पर्फेक्ट देखिन्थिन् र ड्रेसअपमा निकै ध्यान पनि दिन्थिन् ।' नृत्यमा पोख्त हिरोको सूचीमा राख्छन्, दिलीप रायमाझीलाई । भन्छन्, 'दिलीपको इस्टामिना तगडा छ ।' गीतको परिवेशअनुसार दिलीपमा नृत्य-क्षमता भएको धारणा राख्ने राजुलाई लाग्छ, 'उनको मुभमेन्ट पनि तगडा छ ।' राजु आफैँले बनाएको फिल्म 'सपनाको नौलो संसार' को केही भागमा विदेशमा समेत सुटिङ गरिएको थियो । सो फिल्ममा दिलीपले केही विदेशी कलाकारसँग हिपप गीतमा डान्स गरेका छन् । दिलीपको काम देखेर मख्ख परेका राजुले भने, 'दिलीपले विदेशी कलाकारका बीचमा पनि राम्रो गरेर देखाए । युरोपमा उनी नाचेनन् मात्रै नेपाली पारामा युरोपियन तन्नेरीलाई नाच्न पनि सिकाए ।' टिसर्ट र जिन्स दिलीपलाई सुहाउँदो ड्रेस हो भन्ने राजुले अहिलेका नेपालका सबै हिरोइन दिलीपका जोडी बन्न सुहाउने धारणा राखे 'करिश्मासँग पनि दिलीपको जोडी जमेको थियो, अहिलेका हिरोइन त सबै सुहाउँछ ।' तुलसी घिमिरे निर्देशित फिल्म 'दर्पणछाया'मा दिलीपले उत्कृष्ट नृत्य गरेजस्तो लागेको छ उनलाई । तर, पछिल्लो दिनमा दिलीपले अल्छी गरेकोमा चिन्ता व्यक्त गरे राजुले, 'दिलीप अलि अल्छी हुन थालेजस्तो लागेको छ, रिहर्सलमा पनि जाँगर लगाउँदैनन् अचेल ।' अहिलेकी 'हट हिरोइन' रेखा थापा पनि करिश्माकै लाइनमा हिँडेको अनुभव गरेका छन्, यी नृत्य गुरुले । भन्छन्, 'रेखामा पनि दर्शकलाई प्रभाव पार्न सक्ने गज्जबको क्षमता छ ।' रेखा नृत्यमा केही कमजोर भए पनि एक्सप्रेसनले दर्शकलाई प्रभाव पार्न सक्ने क्षमता देखेका छन्, उनले । भन्छन्, 'नृत्यमा परफेक्ट नभएर के भो त, उनका अरू क्षमता छन् । मोडर्न गीतमा राम्रो नृत्य गर्ने रेखा लोक टाइपको गीतमा खुल्न सक्दिनन् । ड्रेस पनि मोडर्न नै सुहाउँछ । रेखालाई पनि ड्रेसअप सेन्स भएको हिरोइनको कोटिमा राखे उनले ।

No comments: