News

Apr 16, 2009

सशस्त्र र अनुसन्धानका प्रमुख सहित २३ लाई अवकास

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहित २३ जनाले बुधबार अवकास पाएका छन् । दुबै सुरक्षा निकायको ऐन संशोधन गरी ३० बर्षे सेवा अवधि पूरा गरेकालाई अनिवार्य अवकास दिने व्यवस्था गरेपछि उनीहरुले अवकास पाएका हुन् ।सशस्त्र प्रहरी महानिरीक्षक बासुदेव ओलीलाई अवकास दिइ प्रहरी अतिरिक्त महानिरीक्षक सनतकुमार बस्नेतलाई निमित्त महानिरीक्षकको जिम्मेवारी दिइएको छ ।त्यस्तै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख धनसिंह कार्कीले अवकास पाएपछि अतिरिक्त महानिरीक्षक अशोकदेव भट्टलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ ।दुबै सुरक्षा निकायका निमित्त प्रमुखहरुले बिहीबारदेखि कार्यभार सम्हाल्ने गृह प्रवक्ता नविन घिमिरलेले जानकारी दिए ।यस्तै सशस्त्र प्रहरीतर्फ एआईजी नारायण पाण्डे, डीआईजी माधव थापा, राजकुमार राणा, इच्छाबहादुर गुरुङ, महिन्द्रकुमार भट्टचन, एसएसपी राजन थापा तथा अन्य उच्च अधिकृतगरि २१ जनाले अवकास पाएका छन् ।त्यसैगरी राष्ट्रिय अनुसन्धान विभागका एआईजी सुभचन्द्र झाले पनि सेवा अवधि पूरा भएपछि अवकास पाएका छन् ।

No comments: