News

Apr 22, 2009

थारुहट आव्हानको बन्दले तराईको जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले ६ बुदे सहमति जनाएर पनि कार्यान्वनय नगरेको भन्दै थरुहट सघर्ष समितिले बुधबार देखि आव्हान गरेको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । थरुहटका सर्मथकहरुले बिहानैदेखि नवलपरासी र चितवनमा महेन्द्रराजमार्गको यातायात ठप्प पारेका छन् । नवलपरासीको बर्दघाट , भुताह ,बासा , डण्डा , कावासोती , चोरमारा ,रजहर र दुम्कौली लगायतका स्थानमा राजमार्गमा ढुङ्गामुढा तेर्सायका कारण पुर्वपश्चिम महेन्द्रराजमार्गको यातायात ठप्प भएको छ । दुवै जिल्लामा यातायात बन्द भएपछि बिहानी कक्षाका बिद्यालयहरु समेत बन्द भएका छन् । त्यस्तै,उनीहरुले रौतहटको चन्द्रनिगाहपुरस्थित पूर्ब पश्चिम राजमार्ग बन्द गराएका छन । चन्द्रनिगाहपुरका बिद्यालय, बजार, पसल समेत बन्द छन् । बन्दका कारण बिहान देखी कुनै पनि सबरीहरु चलेका छैनन । उता,बुटवलमा पनि थरुहट संघर्ष समितिले आव्हान गरेको अनिश्चितकालीन तराई बन्दको प्रभाव परेको छ । बन्दका कारण बुटवलबाट छुट्ने तथा बुटवल भएर चल्ने पूर्वपश्चिम राजमार्ग तथा सिद्धार्थ राजमार्गमा सवारीका साधन ठप्प भएका छन् । थारुहरुले बिहानैदेखि सडकमा उत्रेर अवरोध गरेपछि भित्री तथा हुलाकी सडकमा चल्ने सवारीका साधन पनि चलेका छैनन् । बन्दका कारण पश्चिमाञ्चलको प्रमुख व्यापारिक तथा औद्योगिक क्षेत्र बुटवलको बजार , उद्योग ,कलकारखाना , शिक्षण सस्था र कार्यालयहरु समेत प्रभावीत भएका छन् । बन्दको प्रभाव सुनसरी, उदयपुर,सर्लाही,बर्दीया लगायतका जिल्लामा पनि परेको छ ।

No comments: