News

Apr 23, 2009

प्रधानमन्त्रीद्वारा ८ मुलुकका राजदूतसंग सामूहीक छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालमा महत्वपूर्ण प्रभाव राख्ने मुलुकहरुले प्रधानसेनापति रुक्मांगद कटवाललाई स्पष्टीकरण प्रकरणमा राष्ट्रिय सहमति राखेर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।प्रधानमन्त्री दाहालको निमन्त्रणमा नेपालस्थित प्रभावशाली मुलुकका राजदूतहरु बिहीबार बिहान बालुवाटार पुगेका थिए । उक्त भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले सेनामा हस्तक्षेप गर्ने कुनै मनसाय नरहेको अन्तर्राष्ट्रिय समूदायलाई स्पष्ट पार्न खोजेका थिए । उनले स्पष्टीकरण सोध्नुलाई गलत ढंगले व्याख्या गरिएको राजदूतहरु समक्ष बताएका थिए ।भारत,अमेरिका,चीन,जापान,बेलायत,नर्वे, जर्मनी र फिनल्याण्ड सहित ८ मुलुकका राजदूतहरुले सामूहिक रुपमा प्रधानसेनापतिलाई स्पष्टीकरण प्रकरण,उत्पन्न राजनीति गतिरोध र त्यसले शान्ति प्रक्रियामा पार्न सक्ने प्रभाव लगायत बारेमा चासो राखेका थिए ।राजदूतहरुसंगको भेटपछि अर्थमन्त्री डा.बाबुराम भट्टराईले सत्ता कब्जा गरेर एकदलीय शासन लाद्न माओवादीले खोजेको काँग्रेसले चलाएको भ्रम चिर्न विदेशी कुटनीतिकहरुलाई सामूहीक रुपमा बोलाइएको जानकारी दिए । नागरिक सर्वोच्चता कायम गर्न सरकारले चालेको कदमको कुटनीतकहरुले समर्थन गरेको तर त्यसमा राष्ट्रिय समर्थन हुनुपर्नेमा उनीहरुले जोड दिएको भट्टराईले बताए ।

No comments: